पाइपलाइनमा समस्या छैनः आयल निगम



काठमाडौं । नेपाल आयल निगमले अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन मार्फत नियमित रुपमा डिजेल आयात भएको जनाएको छ । उक्त पाइपलाइन खण्डअन्तर्गत पर्ने विहार प्रान्तको लकड़ी नबीगञ्ज क्षेत्रको डुमरा गाउँको नजिक डिजेल चोरीको प्रयास भए पनि कुनै क्षति नभएको जानकारी आएको निगमले जनाएको हो ।

शुक्रबार विभिन्न सञ्चारमाध्यममा पाइपलाइन फोडेर इन्धन चोरी भएको समाचार सार्वजनिक भएपछि निगमले इण्डियन आयल कर्पोरेशनको मोतिहारी कार्यालयसँग सम्पर्क गर्दा उक्त पाइपलाइनबाट डिजेल चोरीको प्रयास गरिएको तर त्यसको कारणबाट कुनै ठूलो परिमाणमा क्षति नभएको जानकारी प्राप्त भएको जनाइएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले विज्ञप्ति जारी गर्दै पाइपलाइनमा कुनै समस्या नआएको भन्दै निरन्तर तोकिएको परिमाणमा डिजेल आयात भइरहेको बताएका हुन् । उनका अनुसार पाइपलाइनबाट प्रतिघण्टा दुई लाख ५० हजार लिटर डिजेल आयात भइरहेको छ । पाइपलाइन सुरक्षाको सम्पूर्ण जिम्मा भारतीय पक्षको भएको भन्दै नेपाललाई कुनै पनि नोक्सानी नभएको जनाइएको छ ।

विसं. २०७६ भदौ २४ गते नेपालका प्रधानमन्त्री केपीशर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा पाइलपालइनको उद्घाटन गर्नुभएको थियो । भारतमा पाइपलाइन सुरक्षाका लागि छुट्टै सुरक्षा निकाय गठन भएता पनि नेपालमा कानुन नबन्दा नेपाली सेनालाई पाइपलाइन सुरक्षाको जिम्मा दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी श्रेष्ठ मनोनीत भएका

लगानी सम्मेलनलाई केन्द्रित गरी  सरकारले कानुन संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

  काठमाडौँ । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न १२ वटा

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत, सरकारी र निजी गरी एक सय ४८ वटा राखिने

  काठमाडौँ ।  लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने,

कतारमा पानी निर्यातको अवसर बन्नसक्छ अमिरको नेपाल भ्रमण

  काठमाडौँ ।  नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका