आयल निगमको खुद नाफा १२ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ



काठमाडौं । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७६/०७७ मा खुद नाफा १२ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ गरेको जनाएको छ ।

निगम सञ्चालक समितिको ३९ औंँ वार्षिक साधारणसभामा निगम सञ्चालक समितिका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले उक्त प्रतिवेदन प्रस्तुत गर्नुभएको निगमले जनाएको छ ।

निगमले नाफा रकमबाट निगमका शेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत बराबरको नगद लाभांश दुई अर्ब २० करोड वितरण गर्न साधारणसभाले स्वीकृति प्रदान गरेको थियो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षणसमेतका वित्तीय विवरण पहिलो पटक नेपाल वित्त रिपोर्टिङ मापदण्ड (एनएफआरएस) अनुसार तयार पारिएको हो ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले साधारणसभामा निगमले गरिरहेका सुधारका विविध पक्षबारे जानकारी गराउँदै निगमलाई पूर्ण कप्युटरकृत स्वचालित विधिमा रुपान्तरण गरी देशकै नमूनायोग्य संस्थामा रुपान्तरण गर्न प्राप्त सहयोग र हौसलाप्रति सबैमा आभार व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा उच्च अङ्कको वृद्धि, बजार पूँजीकरण पुनः ३७ खर्ब माथि

काठमाडौं । कोरोनाको दोस्रो लहरले जनजीवन प्रभावित भएको भएपनि धितोपत्र बजारमा शेयर कारोवार

बैंक तथा वित्तीय संस्थाका २५ प्रतिशत मात्रै शाखा खोल्न पाइने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अब काठमाडौँ उपत्यकामा २५ प्रतिशत मात्रै शाखा

कालीमाटी तरकारी बजार बन्द

काठमाडौं । पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर कोरोना सङ्क्रमतिको सङ्ख्यामा वृद्धि भएको भन्दै

गोल्छा समूहद्वारा प्रतिष्ठानलाई एक करोड सहयोग

काठमाडौं । गोल्छा समूहले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचार प्रभावकारी बनाउन