पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कोइराला विजयी



पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको ३३औँ महाधिवेशनबाट अध्यक्षमा नारायण कोइराला विजयी भएका छन् । कोइराला प्रतिस्पर्धी विन्दु सुवेदीलाई ४१० मतान्तर गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । घोषणा गरिएको मतपरिणामअनुसार कोइरालाले एक हजार एक हजार ३७५ मत प्राप्त गरेका छन् भने सुवेदीले ९६५ मत प्राप्त गरेका थिए ।

कोइराला अहिले सङ्घमा वरिष्ठ उपाध्यक्ष र सुवेदी उद्योगतर्फका उपाध्यक्ष थिए । तेत्तीसौँ अधिवेशनबाट सङ्घमा चार उम्मेदवार भने निर्विरोध भएका छन् । वरिष्ठ उपाध्यक्ष र तीन सदस्य निर्विरोध चुनिएका हुन् ।

पवनकुमार प्रजापति वरिष्ठ उपाध्यक्षमा निर्विरोध भएका हुन् । हर्कबहादुर अधिकारी र हरिहर सापकोटा कर्पोरेट सदस्यमा निर्विरोध निर्वाचित भए । औद्योगिकतर्फको सदस्यमा हीरामणि पण्डित पनि सर्वसम्मत् चयन भएका हुन् ।

शनिबार भएको मतदानमा कूल तीन हजार ५४ मतदातामध्ये दुई हजार ३६५ मत खसेको थियो । उपाध्यक्ष (वाणिज्य)तर्फ अर्जुन पोखरेल, उपाध्यक्ष (उद्योग)तर्फ गोकर्ण कार्की निर्वाचित भए । यस्तै महासचिवमा सुरेन्द्रमान बिजुक्छे, उपमहासचिवमा केशवबहादुर खत्री, कोषाध्यक्षमा बलराम आचार्य निर्वाचित भए ।

अधिवेशनमा १० सदस्यका लागि १६ जनाको उम्मेदवारी परेकामा शोभा गौतम, देवेन्द्र केसी, कुमारी मुना बाँस्तोला, उत्तममान बुद्धाचार्य, सुदीप प्रधानाङग, हरिराज पन्त, भरत केसी, दिनेशचन्द्र बाँस्तोला, सुदनबहादुर कोइराला र पवित्रादेवी गुरुङ निर्वाचित भएको निर्वाचन समिति संयोजक तीर्थ श्रेष्ठले जानकारी दिए ।

चार जना वस्तुगत सदस्यतर्फ बालाकृष्ण कोइराला, राजन गोंगजु, बलराम तिमिल्सिना र रुपनारायण भुजेल निर्वाचित भएका हुन् । नवनिर्वाचित अध्यक्ष कोइरालाले व्यवसायीको साझा उम्मेदवार बनेर अग्रज अनुभव र मार्गनिर्देशनबाट दुई वर्षे कार्यकालमा व्यवसायीको हक हितमा लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

नवनिर्वाचित अध्यक्षलाई सङ्घका निवर्तमान अध्यक्ष दामु अधिकारीले पद तथा गोपनीयताको शपथ खुवाए । निर्वाचित अध्यक्षले निर्वाचित अन्य पदाधिकारी तथा सदस्यलाई शपथ गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म

ढोरपाटन । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा

बाढीपीडित किसानको गुनासो: स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

सप्तरी । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको

पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत

गण्डकी । दशैँ, तिहारलगायत ठूला चाडबाडलाई लक्षित गरी पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको