नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ३० खर्ब नाघ्यो



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार पनि दोहोरो अङ्कले उकालो लागेको छ । लगातार उकालो लागेर नेप्से आज पुनः ४१ अङ्कले वृद्धि भई नयाँ उचाइ कायम गरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४१.२४ ले उकालो लागेर दुई हजार २३५.७२ मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.२१ ले उकालो लागेर ४२८.४३ मा पुगेको छ । कूल २०७ कम्पनीको एक करोड ५० लाख ३० हजार ८३६ कित्ता शेयर रु छ अर्ब ३२ करोड ६६ लाख ४६ हजार ८०६ मूल्यमा खरीदबिक्री भए । लगातार बजार उकालो लाग्दा बजार पूँजीकरणमा समेत उल्लेख्य वृद्धि देखिएको छ ।

साताको पहिलो दिनको कारोबारपछि बजार पूँजीकरण ३० खर्ब ११ अर्ब ४१ करोड ६७ लाख ४० हजार बराबर पुगेको छ । मुलुकको कूल ग्रार्हस्थ्य उत्पादनको नजीकनजीक बजार पूँजीकरण हुन पुगेको छ ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ उपसमूहको शेयर उकालो लाग्दा एक उपसमूहको शेयर मात्रै ओरालो लागेको छ । जीवन बीमा उपसमूह १७.१६ ले ओरालो लाग्दा बैंकिङ ५९.६१, व्यापार ७८.०३, होटेल २०.५४, विकास बैंक ८८.४५, जलविद्युत् १६.६५, वित्त १९.२१, निर्जीवन बीमा ३९.०८, उत्पादन ३.१६, लघुवित्त २१.८ र सामूहिक लगानी कोष ०.०८ ले उकालो लागेको छ ।

कारोबारका आधारमा आज प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ४० करोड २९ लाख ९१ हजार ९८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यस्तै कुमारी बैंक ३० करोड ४५ लाख १६ हजार ४७०, नेपाल पुनर्बीमा कम्पनी २४ करोड १२ लाख चार हजार ८९५, नबिल बैंक २० करोड ३९ लाख ३९ हजार ४१२, प्राइम बैंक २० करोड ३८ लाख ४० लाख ८३९, सिद्धार्थ बैंक १९ करोड ७३ लाख १६ हजार, नेपाल लाइफ इन्सुरेन्स कम्पनी १९ करोड ६८ लाख ४८ हजार ९७७, एनआइसी एसिया बैंक १७ करोड ९४ लाख २५ हजार १९१ र नेपाल दूरसञ्चार कम्पनी १६ करोड ५४ लाख ११ हजार ५२८ बराबरको कारोबार भई शीर्षस्थानमा रहे ।

कारोबार भएका कम्पनीहरुमध्ये ११७ कम्पनीको शेयर उकालो लागे भने ४४ कम्पनीको शेयर ओरालो लाग्यो । यस्तै १४ कम्पनीको शेयरमा भने कुनै परिवर्तन भएन ।

कारोबार भएकामध्ये प्रभु इन्सुरेन्स १०, नारायणी डेभलपमेन्ट बैंक ९.९७, कुमारी बैंक ९.८९, आरम्भ चौतारी लघुवित्त ९.८९, युनाइटेड फाइनान्स ९.८८, कर्पोरेट डेभलपमेन्ट बैंक ९.८३, नेपाल फाइनान्स ८.७०, प्राइम बैंक ८.५६, महालक्ष्मी विकास बैंक ८.२४ र लुम्बिनी विकास बैंकका शेयरधनीले ७.६९ प्रतिशतले कमाए ।

त्यस्तै, निर्धन उत्थान लघुवित्त ४.३१, हिमाल दोलखा हाइड्रोपावर २.९९, एनएलजी इन्सुरेन्स २.८६, नेरुडे लघुवित्त २.८२, दिव्यश्वरी हाइड्रोपावर २.७०, युनाइटेड इदी मर्दी हाइड्रोपावर २.६१, युनियन हाइड्रोपावर २.६१, माउन्टेन हाइड्रो २.६०, अरुण भ्याली हाइड्रोपावर २.५५ र युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले २.५२ प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका स्याङजा वालिङका शिव थापा व्यावसायिक रूपमा

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई ४८ करोड भुक्तानी गरेको छ ।

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना

कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा

मान्म । कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका-३ फोइमहादेव गाउँमा रहेको छ