सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले घट्यो



काठमाडौं । सुनको मूल्यमा ठूलो अङ्कले ह्रास आएको छ । आइतबार सुनको मूल्य प्रतितोला दुई हजार ३०० रुपैयाँले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाला सुन प्रतितोला ९३ हजार रुपैयाँ छ ।

प्रतितोला ९५ हजार ३०० रुपैयाँमा शुक्रबार कारोवार भएको छापावाला सुन आज प्रतितोला दुई हजार ३०० रुपैयाँले ओरालो लागेर ९३ हजार कायम भएको छ । यस्तै तेजाबी सुन आजका लागि प्रतितोला ९२ हजार ५०० रुपैयाँ तोकिएको छ ।

प्रतितोला ९४ हजार ८०० रुपैयाँमा शुक्रबार कारोवार भएको थियो । तेजाबी सुन शुक्रबारका तुलनामा आज दुई हजार ३०० रुपैयाँले नै ओरालो लागेको हो ।

यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार २७० रुपैयाँ मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । चाँदी प्रतितोला शुक्रबार एक हजार ३३० रुपैयाँमा कारोवार भएको थियो । चाँदी तोलामा ६० रुपैयाँले घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ । यहाँको

नेपालमा सहुलियतपूर्ण कर्जा र अनुदानमार्फत लगानीका थप क्षेत्र पहिल्याउन विश्व बैंकलाई अर्थमन्त्रीको आग्रह

  काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे

रुन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढ्यो

भैरहवा । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण

जेएमई र मनिग्राम इन्टरनेशनलबीच साझेदारी सम्झौता

काठमाडौँ । जापानस्थित जापान मनी एक्सप्रेस कम्पनी लिमिटेड (जेएमई) र मनिग्राम इन्टरनेश्नल (आइएनसी)बीच