आयकर बुझाउने म्याद थप्न उद्योग परिसंघको आग्रह



काठमाडौं । नेपाल उद्योग परिसङ्घले आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने समयावधि आगामी चैत मसान्तसम्म थप गर्न सरकारसँग माग गरेको छ । परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले नेपाल सरकारका सम्बन्धित निकायका पदाधिकारीसँग छलफल गरी म्याद थपको माग गरेकी हुन् ।

विगत वर्षमा उद्योगी व्यवसायीले आयकर विवरण बुझाउने र कम्पनी अद्यावधिक गर्ने कार्य सरकारले तोकेको समयसीमाभित्र नै गरिरहेको भन्दै उनले गत आर्थिक वर्षदेखि नै कोरोनाका कारणबाट उद्योग व्यवसाय प्रभावित भएकाले आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने म्याद थप गर्नुको विकल्प नरहेको बताए ।

कोभिडका कारण कतिपय उद्योग व्यवसाय खुल्ने अवस्थामा नरहेको र अहिले उद्योग व्यवसायले सञ्चालनको गति लिइरहेको अवस्थामा कतिपय उद्योगी व्यवसायीले लेखा परीक्षण कार्यसमेत सम्पन्न गरी नसकेको अवस्थालाई मध्यनजगर समयसीमा थप गर्न आग्रह गरिएको परिसङ्घले जनाएको छ ।

कोभिडको प्रभावबाट प्रभावित व्यवसायीले समय थप भएसँगै सहजरूपमा आयकर विवरण बुझाउन तथा कम्पनी अद्यावधिक गरी सरकारको राजश्व सङ्कलनको लक्ष्यमा सघाउ पुर्याउन परिसङ्घ प्रतिबद्ध रहेको अध्यक्ष मोरले बताए ।

विद्यमान आयकर ऐनमा भएको व्यवस्थाअनुसार चालु आर्थिक वर्षको अनुमानित आयकर विवरण पुस मसान्तभित्रै बुझाउनुपर्छ भने कम्पनी ऐनमा व्यवस्था भएअनुसार कम्पनी अद्यावधिक गर्नुपर्ने म्याद पनि पुस मसान्त तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले युरोपेली युनियन (ईयू) को

विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न ६२ खर्ब लगानी आवश्यक पर्ने

काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादनको

६ महिनाको मध्यपुरथिमि नगरपालिकाको आम्दानी १४ करोड

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा १४ करोडभन्दा बढी

भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु, उद्योगमन्त्री भण्डारीद्वारा उद्घाटन

काठमाडौँ। नेपाल उड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दसौँ संस्करण आजदेखि भृकुटीमण्डपमा