विनाधितो ऋण प्रवाहलाई प्रभावकारी बनाउन छलफल



जनकपुरधाम । प्रदेश दुईमा साहु महाजनबाट चर्को ब्याजमा ऋण लिई वैदेशिक रोजगारीमा जाने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने लक्ष्य लिई विनाधितो ऋण प्रवाहलाई प्रभावकारी बनाइएको छ ।

प्रदेश नंम्बर २ को सरकार, सीप विकास परियोजना, नेपाल एसबीआई बैंक र प्रभु विकास बैंकबीच भएको सम्झौताअनुरूप योजनालाई प्रभावकारी बनाइएको हो । सो योजनाअन्तर्गत सीप विकास परियोजनाको सहयोगमा वैदेशिक रोजगारमा जाने युवालाई विनाधितो सहुलियत दरमा ऋण प्रवाह गरिँदै आएको छ ।

परियोजनाले प्रभु विकास बैंकमार्फत रौतहट, सप्तरी, सर्लाही, बारा र पर्सा तथा नेपाल एसबीआई बैंकले सिरहा, धनुषा र महोत्तरीमा यस्तो सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ । प्रारम्भमा वैदेशिक रोजगारीमा जानेलाई मात्र सो सुविधा उपलब्ध भएकामा हाल जाने र फर्केकालाईसमेत सो सु्विधा उपलब्ध गराइएको छ । परियोजनाद्वारा धनुषा जिल्लाको लक्षमिनियाँको आप्रवासी बहुद्देश्यीय सहकारी संस्थामा आयोजित ऋण प्रवाह, प्रक्रिया, समस्या र समाधान विषयक छलफल कार्यक्रममा सो जानकारी दिइएको हो ।

सो परियोजनाअन्तर्गत वैदेशिक रोजगारीबाट फर्केकालाई स्वरोजगारसम्बन्धी कार्य गर्न तीन लाख ऋण दिने गरेको छ भने वैदेशिक रोजगारीमा जानेलाई एक लाख ५० हजार रुपैयाँ ऋण सुविधा उपलब्ध गराउँदै आएको छ । छलफल कार्यक्रमा नेपाल एसबीआइ बैंक जनकपुरका प्रमुख दीपेन्द्र ठाकुर र परियोजनाका प्रदेश प्रमुख मोहम्मद साविरले विनाधितो ऋण प्रवाह सहजीकरण, सरकारको अवधारणा, दक्ष जनशक्ति उत्पादन, सीपको उपादेयताबारे जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उकालो

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन

वीरगञ्ज । मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१

बेलायतलाई नेपालमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । आगामी वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने