मिस नेपाल वल्र्ड–२०२० नम्रता श्रेष्ठ राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एमबास्डर नियुक्त



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल वल्र्ड–२०२० नम्रता श्रेष्ठलाई ब्राण्ड एमबास्डरमा नियुक्त गरेको छ । बैंकले शुक्रबार एक कार्यक्रम आयोजना गरी बैंकको व्यवसाय प्रवद्र्धनका लागि श्रेष्ठलाई ब्राण्ड एमबास्डरमा नियुक्त गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रालिबीच भएको सम्झौतामा अनुसार श्रेष्ठ बैंकको ब्राण्ड एमबास्डरमा नियुक्त भएकी हुन् । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरकातर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गरिरहेको आधुनिक बैंकिङ्ग सेवाको बारेमा ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको निमित्त बैंकले आफ्नो ब्राण्ड एम्बास्स्डरमा श्रेष्ठलाई नियुक्त गरिएको बताए ।

कार्यक्रममा मिस नेपाल वल्र्ड श्रेष्ठले आफूलाई सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एमबास्डर हुन पाउँदा अत्यन्त खुशी लागेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाडौँ । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन्

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ ।  सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उकालो

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत