अब अन्तर बैंक एटीएममा शुल्क लिन पाउने



काठमाडौँ । अब एउटा बैंकको एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ । बिहीबार राष्ट्र बैंकले निर्देशन जारी गरी माघ १ गतेदेखि अन्तर बैंक एटीएम कारोबारमा शुल्क उठाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

कोरोना महामारीका कारण सरकारले लकडाउन सुरु गरेदेखि बैंक तथा वित्तीय संस्थामा एउटा बैंकको कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था थियो ।

शुल्क नलाग्ने व्यवस्थापछि बैंक तथा वित्तीय संस्थाले एटीएम व्यवस्थापनमा लापरबाही गर्दै आएका थिए । यही कारण न्यूनतम शुल्क उठाउन दिइएको राष्ट्र बैंकले जनाएको छ । दुई वटा भन्दा धेरै कारोबारको हकमा प्रति कारोबार २० रुपैयाँसम्म शुल्क उठाउन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटकको रोजाइमा म्याग्दीको टोड्के

म्याग्दी । म्याग्दीको टोड्केमा रघुगंगाको झिँ र मंगलाको पूर्णगाउँका बासिन्दाले पशुचौपायाको गोठ लैजाने

च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म

ढोरपाटन । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा

बाढीपीडित किसानको गुनासो: स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

सप्तरी । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको

पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत

गण्डकी । दशैँ, तिहारलगायत ठूला चाडबाडलाई लक्षित गरी पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु