सुनको भाउ तोलामा ९ सय रुपैयाँ घट्यो



काठमाडौं । सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले ओरालो लागेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुनसमेत प्रतितोला ९००रुपैयाँले ओरालो लागेको छ । बुधबार प्रतितोला ९२ हजार ९५०रुपैयाँमा कारोवार भएको तेजाबी सुन आज भने प्रतितोला ९२ हजार ५० रुपैयाँमा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक हजार २१५ रुपैयाँमा कारोवार भएको चाँदी आजका लागि भने प्रतितोला एक हजार २०० रुपैयाँमा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटकको रोजाइमा म्याग्दीको टोड्के

म्याग्दी । म्याग्दीको टोड्केमा रघुगंगाको झिँ र मंगलाको पूर्णगाउँका बासिन्दाले पशुचौपायाको गोठ लैजाने

च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म

ढोरपाटन । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा

बाढीपीडित किसानको गुनासो: स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

सप्तरी । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको

पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत

गण्डकी । दशैँ, तिहारलगायत ठूला चाडबाडलाई लक्षित गरी पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु