नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि नेगेटिभ सर्किट लागेर निर्धारित समय अगाडि नै कारोबार बन्द



काठमाडौं । शेयर बजारमा नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि नेगेटिभ सर्किट लागेर निर्धारित समय अगाडि नै कारोबार बन्द भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामार्फत शेयर धितो कर्जामा पुनरावलोकन गर्ने बताएपछि आइतबार बजारमा उच्च गिरावट देखिएको छ । यस्तै एक महिनामा ४ सय अंक बढीले बढेको बजारमा अल्पकालिन लगानीकर्ताले नाफा सुरक्षित गर्न विक्रीचाप बढाएकाले पनि बजार ओरालो लागेको हो ।

आइतबार मात्रै नेप्से परिसूचक ६ प्रतिशत अर्थात् १ सय २३ दशमलव ३४ अंकले घटेर १ हजार ९ सय ३२ दशमलव ११ अंकमा बन्द भएको छ । नेप्सेमा आज भएको गिरावट अहिले सम्मकै उच्च हो । यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ५ दशमलव ५१ प्रतिशत अर्थात २१ दशमलव ६२ अंकले घटेर ३ सय ७० दशमलव ६७ अंकमा बन्द भएको छ । आज नेप्सेमा ६ प्रतिशतको नकारात्मक सर्किट लाग्दा २ बजेर १४ मिनेटमा नै कारोबार बन्द हुन पुग्यो ।

दिनभर १ सय ९७ कम्पनीको ७ अर्ब २० करोड ९१ लख ८० हजार २ सय १३ रुपैयाँको १ करोड ५४ लाख ९० हजार ७८ कित्ता शेयर खरिद विक्री भएको छ । कारोबार संख्या ६१ हजार ८ सय ५८ रहेको छ ।

कारोबारमा आएका सबै समूह घटेका छन् । सबैभन्दा धेरै अन्य समूह ९ दशमलव १३ प्रतिशतले घटेको छ । त्यपछि जीवन बीमा समूह ८ दशमलव २६ प्रतिशत, उत्पादन तथा प्रशोधन ७ दशमलव ५९ प्रतिशत, व्यापार समूह ७ दशमलव ४२ प्रतिशत, लघुवित्त ७ दशमलव ०३ प्रतिशत, निर्जीवन बीमा ५ दशमलव ७४ प्रतिशत, जलविद्युत ५ प्रतिशत, बैंकिङ ४ दशमलव ३३ प्रतिशत, होटल ४ प्रतिशत, विकास बैंक ३ दशमलव ४४ प्रतिशतले घटेका छन् ।

बजारमा सबैभन्दा धेरै कारोबार पुनर्बीमा कम्पनीको १ अर्ब १६ करोड रुपैयाँ बढीको भएको छ । बजारमा उच्च गिरावट आएपनि नौवटा कम्पनीका शेयरधनीले कमाएका छन् । रिलायन्स फाइनान्सका शेयरधनीले २ दशमलव २९ प्रतिशतले कमाएका छन् । यस्तै हिमालयन बैंकको डिबेन्चर, कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, मन्जुश्री फाइनान्स लगायतका कम्पनीका शेयरधनीहरुले कमाएका छन् । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले गुमाएका छन् । यस्तै पुनर्बीमा कम्पनी, सान्जेन जलविद्युत कम्पनी, नेपाल दुरसञ्चार कम्पनी, हिमालयन डिस्टिलरी, शिवम सिमेन्ट, हिमालयन जेनरल इन्स्योरेन्स कम्पनी लगायतका कम्पनीका शेयरधनीले पनि झण्डै १० प्रतिशतले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटकको रोजाइमा म्याग्दीको टोड्के

म्याग्दी । म्याग्दीको टोड्केमा रघुगंगाको झिँ र मंगलाको पूर्णगाउँका बासिन्दाले पशुचौपायाको गोठ लैजाने

च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म

ढोरपाटन । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा

बाढीपीडित किसानको गुनासो: स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

सप्तरी । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको

पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत

गण्डकी । दशैँ, तिहारलगायत ठूला चाडबाडलाई लक्षित गरी पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु