भिजन पेपरका आधारमा महासंघले गतिबिधि अघि बढाउने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भिजन पेपरका आधारमा महासंघले आफ्नो गतिबिधि अघि बढाउने बताएका छन् । निर्यात व्यवसायी महासंघले उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाइ दिन आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले केही दिनभित्र भिजन पेपर सार्वजनिक गर्ने पनि जानकारी दिए ।
अध्यक्ष गोल्छाले निर्यात व्यवसायलाई अर्थतन्त्रको इन्जिनको रुपमा विकास गर्नेगरी सरकारसँग महासंघले पहल गर्ने पनि उल्लेख गरे । गोल्छाले महासंघलाई एकतावद्ध भएर अघि बढ्ने जानकारी पनि दिए ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निर्यात प्रवद्र्धनमा देखिएका समस्या सामाधानका लागि महासंघ गम्भीर भएर लाग्ने बताए । केहीबर्ष अघि राम्रो देखिएको निर्यात घट्दै जानुको कारण पहिल्याउन सरकारसँग छलफल गरिने उनले बताए ।