सुनको मूल्यमा ५०० रुपैयाँ वृद्धि
काठमाडौं । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको छ सोमबार प्रतितोला ९० हजारमा कारोवार भएको छापावाला सुन आज ५०० रुपैयाँले वृद्धि भई ९० हजार ५०० रुपैयाँ पुगेको छ ।
त्यसैगरी सोमबार प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोवार भएको तेजाबी सुनको मूल्य आज भने ९० हजार ५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन पनि प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको हो । यस्तै चाँदी प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोवार भएको छ । सोमबार प्रतितोला एक हजार १२० रुपैयाँमा कारोवार भएको चाँदी आज भने तोलामा ३५ रुपैयाँले वृद्धि भएको हो ।