सेयर बजार उकालो लाग्यो, जीवन बिमा उपसमूह हालसम्मकै उच्च



काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार उचालिएको छ । मंगलबार कारोबार शुरु भएसँगै उकालो लाग्न थालेको सेयर कारोबार नेप्से परिसूचक२५ दशमलव ९८ अंकले बढेर १ हजार ७ सय ७८ दशमलव ७९ अंकमा पुगेर बन्द भएको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.५५ प्रतिशतले बढेको छ ।

योसँगै मंगलबार कारोबार रकमले समेत दशैं पछिको नयाँ रेकर्ड राखेको छ । दिनभर ३८ हजार ६ सय ३४ कारोबारबाट १९६ कम्पनीका ९६ लाख ५७ हजार ६ सय ७७ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४ अर्ब ९ करोड ६१ लाख ९० हजार २ सय ५६ रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै जीवन बिमा कम्पनीका लगानीकर्ताहरुले कमाएका छन् ।

यो उपसमूहले हालसम्मकै नयाँ रेकर्ड कायम गरेको छ । जीवन बिमा उपसमूह ४७६.३६ अंकले बढेर १० हजार २ सय ५१ दशमलव २२ अंकमा पुगेको छ । यो हालसम्मकै उच्च हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपाललाई सफलता

ललितपुर । ‘फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपालका आशीर्वादराज झाले दोस्रो स्थान

पर्यटकको रोजाइमा म्याग्दीको टोड्के

म्याग्दी । म्याग्दीको टोड्केमा रघुगंगाको झिँ र मंगलाको पूर्णगाउँका बासिन्दाले पशुचौपायाको गोठ लैजाने

च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म

ढोरपाटन । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा

बाढीपीडित किसानको गुनासो: स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

सप्तरी । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको