सुनको मूल्य प्रतितोला ३४ सय रुपैयाँले घट्यो


काठमाडौं । सुनको मूल्यमा मंगलबार गिरावट आएको छ । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन हजार चार सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९८ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ९४ हजार ८ सय रुपैयाँमा झरेको छ ।

यस्तै महासंघले तेजाबी सुनको मूल्य मंगलबारका लागि ९४ हजार तीन सय रुपैयाँ तोकेको छ । यस्तै चाँदीको मूल्य प्रतितोला ७० रुपैयाँले घटेर १२ सय १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।