एकद्वार प्रणालीबाट कोरला नाका सञ्चालनका लागि नेपाल सरकारले पहल थाल्ने



बेलेवा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उपल्लो मुस्ताङमा पर्नेे कोरला नाकाको स्थलगत निरीक्षण गरेका छन् । सीमा स्तम्भ र त्यहाँको पूर्वाधारको अवस्था निरीक्षणका लागि बुधबार सीमा नाका पुगेका मन्त्रीद्वयले नाका सञ्चालनसम्बन्धी छलफललाई अघि बढाइने बताए ।

कोरला नाका सञ्चालनमा आउँदा नेपालको व्यापार प्रवद्र्धनमा सहयोग पुग्ने गरी लाग्न आग्रह गर्दै मन्त्रीहरुले एकद्वार प्रणालीबाट नाका सञ्चालनका लागि तत्काल नेपाल सरकारले पहल थाल्ने बताए । परराष्ट्रमन्त्री ज्ञवालीले नाका सञ्चालनका लागि आवश्यक छलफल शुरु गरिने पनि जानकारी दिए । उद्योगमन्त्री भट्टले कोरला नाका व्यापारिक प्रयोजनका लागि निकै महत्वपूर्ण नाका रहेकाले यसको सञ्चालनले नेपाल चीन व्यापार सम्बन्धमा थप सुधार आउने बताए ।

काठमाडौँबाट मन्त्रीद्वय दुवै हेलिकोप्टरमार्फत नाकामा पुगेका थिए । मन्त्रीसँगै परराष्ट्र र उद्योग सचिव पनि कोरला पुगेका थिए । नेपाल–चीन जोड्ने गरी निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको प्रगतिका विषयमा पनि मन्त्रीहरुले चासो व्यक्त गरेका छन् ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलका अनुसार मन्त्रीद्वयले कोरला नाका निरीक्षण गर्नाका साथै चीन नेपाल द्विदेशीय व्यापारिक नाकालाई कसरी प्रवद्र्धन र विकास गर्न सकिन्छ भन्नेबारे स्थलगत अध्ययन एवम् निरीक्षणका लागि मुस्ताङ पुगेका थिए ।

नाका सञ्चालनका लागि तत्काल प्रक्रिया अघि बढाउन मन्त्रीहरुसँग सांसद प्रेमप्रसाद तुलाचनले माग गरेका थिए । सांसद तुलाचनले सरकारले सिमानामा संरचना बनाउन ढिलाइ गरिरहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा राख्न कांग्रेसलाई चेम्बरको सुझाव

काठमाडौं ।  निजी क्षेत्रको संस्था नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८२–८३

१४ अंकले घट्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।

१४ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । सोमबार सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले गिरावट देखिएको छ

उपल्लो मुस्ताङ जोड्ने ३३ केभी प्रशारणलाइन निर्माण धमाधम

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा ३३ केभी प्रशारणलाइन विस्तार तीव्रगतिमा अघि बढेको छ