कोरोना महामारीकाबीच पनि खाद्यबस्तुको मूल्यबृद्धि नियन्त्रणमा रहेको आपूर्तिमन्त्रीको दावी



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना महामारीकाबीच पनि खाद्यबस्तुको मूल्यबृद्धि नियन्त्रणमा रहेको दावी गरेका छन् ।

चेम्वर दिवस २०७७ तथा नेपाल चेम्वर अफ कमर्शको ७० औं बर्षको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भट्टले कोरोना महामारीको अवस्थामा पनि नेपालमा एकाध बस्तु बाहेक खाद्यान्न लगायतका बस्तु महङ्गो नभएको दावी गरेका हुन् ।

उनले अहिले नेपालको व्यापार घाटा घटाउने, निर्यातलाई बढाउने र लगानी भित्राउने बिषयमा ध्यान केन्द्रीत रहेको उल्लेख गरे । आर्थिक क्षेत्रको प्रगती र देशलाई औद्योगीकरणतर्फ अघि बढाउनका लागि निजी क्षेत्रको सहकार्य आवश्यक रहेको उनले बताए ।

मन्त्री भट्टले आफूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हालेपछि करको क्षेत्रमा धेरै सुधार भएको समेत दावी गरे । आन्तरिक उत्पादनलाई बढावा दिनका लागि सरकारले कच्चा पदार्थको करको दर क्रमशः घटाउदै लगिएको उनबो भनाई थियो ।

कार्यक्रममा चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले राजस्व बढाउनका लागि सरकारले भन्सार दर घटाउनुपर्ने र यसका लागि कारोबार मूल्यलाई आधार मान्नुपर्ने बताए । उनले छिमेकी राष्ट्र भारतमा समेत आयात दर घटाएको तर नेपालमा भने करको दर बढ्दै गएकाले व्यापारिहरु मर्कामा परेको धारणा राखे । कार्यक्रममा मन्त्री भट्टले चेम्वरको झण्डोतोलन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बिपी राजमार्गमा रोकिएका सवारी साधन भकुण्डे–तेमाल मेच्छेपौवा सडकबाट गन्तव्यतर्फ पठाइँदै

धुलिखेल । बाढीपहिरोका कारण अवरुद्ध भएको भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक आजदेखि खुलेको छ ।

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो

गण्डकी । पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ ।

काभ्रेमा बाढीपहिरोमा परी एक विदेशीसहित ७७ जनाको मृत्यु

काभ्रे । हालैको बाढीपहिरोमा परी काभ्रेमा एक विदेशी नागरिकसहित ७७ जनाको मृत्यु भएको

बारामा ६ हजार चार सय ७२ हेक्टर धानबाली डुबानमा

कलैया (बारा) । बारामा छ हजार चार सय ७२ हेक्टर क्षेत्रको धानबाली डुबानमा