रुग्ण आयोजनाबाट हर्जना नलिन प्राधिकरणलाई आयोगको निर्देशन



काठमााडैं । कूल १० मेगावाट वा सोभन्दा कम क्षमताका आयोजनालाई कुनै पनि हर्जना नलिन विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । आयोगले सोमबार प्राधिकरणलाई एक निर्देशनात्मक पत्र लेख्दै रुग्ण अवस्थामा रहेका र १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनालाई हर्जना नलिन प्राधिकरणलाई निर्देशन दिएको हो ।

“विद्युत खरिद बिक्री तथा अनुमतिप्राप्त कम्पनीले पालना गर्नुपर्ने शर्तसम्बन्धी विनियमावली, २०७६’ अनुसार भएको व्यवस्थाको कार्यान्वयन नभएको उल्लेख गर्दै ध्यानाकर्षण गराएको हो । आयोगले प्राधिकरणलाई विनियमावलीमा भएको व्यवस्थाको वस्तुनिष्ठ कार्यान्वयन गर्न भनेको छ ।

आयोगले निर्देशन जारी भएको मितिदेखि हालसम्म प्राधिकरणले रुग्ण घोषित गरेका नदी प्रवाही र अर्थजलाशय आयोजनाबाट हर्जना लिएको भएमा प्रवद्र्धकलाई आगामी महिना पाउने बिलमा मिलान गर्नसमेत निर्देशन दिएको सचिव नुतनप्रकाश शर्माले जानकारी दिए ।

यस्तै प्रकोपले उत्पन्न भएको परिस्थितिका कारण प्रसारण लाइन वा सबस्टेशनमा क्षति पुग्न गई प्राधिकरणले विद्युत् खरिद गर्न नसकेको अवस्थामा पनि निजी ऊर्जा उत्पादकले क्षतिपूर्ति माग गर्न नपाउने पत्रमा उल्लेख गरिएको छ ।

कूल ७१ मेगावाट क्षमताका २० जलविद्युत् आयोजना विभिन्न कारणले रुग्ण बनेको भन्दै प्रवद्र्धकले सरकारसँग राहत माग गर्दै आएका छन् । उनीहरुले उत्पादित विद्युत्ले खर्च धान्नसमेत नसकेको दाबी गर्दै आएका छन् ।

नेपाल विद्युत् प्राधिरकणले वितरण फिडर मर्मत गर्ने प्रयोजनका लागि मंगलबार बिहान राजधानीका विभिन्न स्थानमा विद्युत् काट्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार रत्नपार्क वितरण केन्द्रको टेकु फिडरअन्तर्गतका झण्डै डेढ दर्जन बराबरका स्थानमा मंगलबार बिहान ६.३० बजेदेखि १० बजेसम्म विद्युत् काटिन लागेको हो ।

प्राधिरकणका अनुसार टेकु सबस्टेशन अगाडिबाट पचली भैरव, नेपाल उद्योग वाणिज्य महासङ्घ, टेकुचोक, त्रिपुरेश्वर चोक नपुग्दै भाटभटनी सुपरमार्केट अगाडिसम्म विद्युत् काटिने छ ।

यस्तै टेकु वंशीमार्फत सुकुम्बासी टोल जाने बाटोसम्म, कालीमाटी फिडरअन्तर्गत पर्ने टेकु नेशनल टे«डिङ हुँदै हनुमन्त भीसेनस्थान, परोपरकार, रामघाट, शान्ति निकेतन स्कूल, मरुहिटी, ढोकाटोल, नरदेवी अस्पताल अगाडिसम्म विद्युत् काटिनेछ ।

यस्तै क्षेत्रपाटीचोक, जैशीदेवल, ज्यावबहाल, चिकमुग¬ङ्ल, भीमसेनस्थान फिडरअन्तर्गत अन्डरग्राउण्ड हुँदै टेकु नेशनल टेडिङको बाहिरपट्टि काठमाडौँ विजनेशपार्क हुँदै १२ नं वडा कार्यालय, ब्रम्हटोल, जैशीटेवल चोक, ज्यावहाललगायतका स्थानमा विद्युत् कटौती हुने भएको छ । प्राधिकरणले तोकिएको समयअगावै तोकिएको कार्य सकिएको खण्डमा विद्युत् पुनः सञ्चालनमा आउन सक्ने सूचना अधिकृत अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो

गण्डकी । पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ ।

बारामा ६ हजार चार सय ७२ हेक्टर धानबाली डुबानमा

कलैया (बारा) । बारामा छ हजार चार सय ७२ हेक्टर क्षेत्रको धानबाली डुबानमा

दाङबाट चार सय खसीबोका काठमाडौँ पठाइँदै

दाङ । दसैंका लागि यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दाङबाट करिब

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको