लेवलिङ नभएका खाद्य बस्तु बिक्री गर्दै सरकार



काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गरेको सहुलियत मूल्य पसलमा स्पष्ट लेवलिङ नभएका खाद्य बस्तुहरु बिक्री वितरण भइरहेको पाइएको छ ।

आइतबार काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले कम्पनीको अनुगमन गर्दा अधिकांश खाद्य बस्तुमा उत्पादन मिति र लेवलिङ नै नभेटिएको पाइएको हो ।

उपभोक्ता संरक्षण ऐन २०७५ ले हरेक बस्तुको उत्पादन मिति, एमआरपी लगायत स्पष्ट देखिने गरि राखिनुपर्नेमा त्यस्तो नपाइएको अनुगमन टोलीका सदस्य उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले जानकारी दिए । अनुगमनका क्रममा जापान सरकारले अनुदानमा दिएको २०१८ मा बनेको जापानी चामल अझै पनि बिक्रि बितरण भइरहेको पाइएको उनले बताए ।

त्यस्तै दाल फापर लगायतका बस्तुमा पनि लेवलिङ नभएको पाइएको उनले जानकारी दिए । उनले कम्पनीलाई आवश्यक कारवाहीका लागि सिफारिस गरिने बताए ।

त्यस्तै सहुलियत मूल्य पसलमा चिनी लगायतका वस्तुको अभाव भएको र खरिद गर्न आएका उपभोक्ताहरु फर्किनुपरेको पाइएको पनि अनुगमन टोलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जिल्ला सुरक्षा समितिलाई गृहमन्त्रीको निर्देशनः तत्काल लाभग्राहीहरुको विवरण पठाउनु

ललितपुर । गृहमन्त्री रमेश लेखकले तत्काल लाभग्राहीहरुको विवरण पठाउन जिल्ला प्रशासन कार्यालय र

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन् । आइतबार राष्ट्रपति

खसी कस्तो किन्ने ? सिङमा हरियो रङ छिटेको हेर्नुस्

काठमाडौँ । काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा,

बिपी राजमार्गमा रोकिएका सवारी साधन भकुण्डे–तेमाल मेच्छेपौवा सडकबाट गन्तव्यतर्फ पठाइँदै

धुलिखेल । बाढीपहिरोका कारण अवरुद्ध भएको भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक आजदेखि खुलेको छ ।