कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि युनिलिभर बन्द



हेटौंडा । कोरोना भाइरस सङ्क्रमणका कारण हेटौँडाको बसामाडीस्थित बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेड बन्द भएको छ । ती उद्योगमा कार्यरत कर्मचारी र कामदारमा कोरोना सङ्क्रमण पुष्टि भएपछि कम्पनी बन्द भएको हो ।

उद्योगमा कार्यरत १९० कामदार तथा कर्मचारीको पिसिआर जाँच गराउँदा ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सो कम्पनी एक हप्तादेखि बन्द अवस्थामा रहेको बताइएको छ ।

उद्योगमा कार्यरत कर्मचारी तथा कामदार गरी १९० जनाको यही असोज १४ गते कोरोना सङ्क्रमण परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । तीमध्ये २० कर्मचारी तथा २० जना ठेकेदारतर्फका कामदारको नतिजा पोजेटिभ आएपछि असोज १६ गतेदेखि नै उद्योग बन्द भएको बताइएको छ । विसं २०५१ मा स्थापित उद्योगबाट साबुन, डिटरजेन्ट पाउडर, स्याम्पु, मञ्जनलगायत सामान उत्पादन हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खसी कस्तो किन्ने ? सिङमा हरियो रङ छिटेको हेर्नुस्

काठमाडौँ । काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा,

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो

गण्डकी । पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ ।

बारामा ६ हजार चार सय ७२ हेक्टर धानबाली डुबानमा

कलैया (बारा) । बारामा छ हजार चार सय ७२ हेक्टर क्षेत्रको धानबाली डुबानमा

दाङबाट चार सय खसीबोका काठमाडौँ पठाइँदै

दाङ । दसैंका लागि यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दाङबाट करिब