तनहुँ जलविद्युत आयोजनाबाट प्रभावित जनताका लागि सामुदायिक विकास कार्यक्रम संचालन गरिने



तनहुँ । तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका जनतालाई प्राथमिकतामा राखेर सामुदायिक विकास कार्यक्रम सञ्चालन गरिने भएको छ । आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीयवासीसँग छलफल गरेर सामुदायिक विकास कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजनाले जनाएको छ ।

उक्त क्षेत्रमा आयोजनाबाट सात वटा झोलुङ्गे पुल, २० वटा गोरेटो बाटो, नौ वटा दाहसंस्कार स्थल, दुई वटा विद्युत् वितरण लाइन र दुई वटा कुलो प्रभावित भएको वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायक परामर्शदाताका प्रशासकीय अधिकृत उद्धव पौडेलले जानकारी दिए । ती भौतिक संरचना निर्माण गर्दा करिब रु साढे दुई अर्ब खर्च लाग्ने अनुमान गरिएको छ ।

त्यस्ता भौतिक संरचना निर्माणमा स्थानीयवासीलाई विशेष प्राथमिकतामा राखिएको उनको भनाइ छ । यसैगरी आयोजनाबाट प्रभावित एक हजारभन्दा बढी व्यक्तिलाई सीपमूलक तालीम प्रदान गर्ने योजना छ । उनले भने, “उनीहरुको आयस्तर उकासिने किसिमका तालीम प्रदान गर्ने लक्ष्य छ ।”

त्यसैगरी जिल्लाको भिमादनगरपालिका–५ साउनेपानी र ऋषिङपाटन जोड्ने अन्टयाङ खोलामा मोटरेबल पुल निर्माण गर्न लागिएको छ । पुलको डिजाइन र इष्टिमेट बनाउन थालिएको छ । जिल्लालाई एक वर्षभित्र उज्यालो तनहुँ बनाउने गरी विद्युत् विस्तार कार्यलाई तीव्र बनाइएको आयोजनाले जनाएको छ । ग्रामीण क्षेत्रका सबै घरधुरीमा बिजुली पु¥याउने गरी सवस्टेशन निर्माण र लाइन तान्ने कार्य भैरहेको आयोजनाका उपनिर्देशक तुलसीप्रसाद सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनसेलको शेयर बिक्रीबारे सूचना लिइरहेका छौँः अर्थमन्त्री महत

चितवन । अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको बताएका छन्

पाँच वर्षका लागि चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीलाई, सरकारले दुई करोड ८८ लाख पाउने

काठमाडौँ । चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छनोट भएको ट्रान्स नेपाल

नेप्सेमा गिरावट

काठमाडौं । सोमबार पनि शेयर बजार नेप्से घटेको छ । आइतबार ७ अङ्कले

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

काठमाडौँ । पछिल्ला वर्षमा नेपालले प्राप्त गर्ने वैदेशिक विकास सहायता (अफिसियल डेभलपमेन्ट असिस्टेन्स–ओडिए)को