सेतीखोला जलविद्युत् आयोजनाको लगानी जुट्यो



काठमाडौं । कास्कीमा आयोजना स्थल रहेको कूल २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाको लगानी जुटेको छ । आयोजनामा दुई बैंकले लगानी गर्ने भएका हुन् ।

बहुपक्षीय लगानीसम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर भएको हो । प्रवद्र्धक सेती खोला हाइड्रोपावर कम्पनीका अनुसार उक्त आयोजनामा कुमारी बैंक र इन्फ्रास्ट्रक्चर बैंकले तीन अर्ब २५ करोड लगानी गर्न लागेका हुन् । बैंक र आयोजनाबीचमा भएको सम्झौताअनुसार ऋण लगानीमा अगुवाई गरेको कुमारी बैंकले दुई अर्ब र इन्फ्रास्ट्रक्चर बैंकले एक अर्ब २५ करोड लगानी गर्ने भएका हुन् ।

बहुपक्षीय सम्झौतामा कुमारी बैंकका तर्फबाट प्रतिनिधि रामचन्द्र खनाल, इन्फ्रास्ट्रक्चरको तर्फबाट भूपेन्द्र पाण्डे तथा प्रवद्र्धक कम्पनीको तर्फबाट अनुप आचार्यले हस्ताक्षर गरेका हुन् ।

आयोजनाबाट उत्पादित विद्युत् खरिदसम्बन्धी द्विपक्षीय सम्झौतामा नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धकबीच हस्ताक्षरसमेत भइसकेको छ । आगामी मंसिरदेखि निर्माण शुरु गर्ने लक्ष्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घट्यो

  काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा  तीन सयले घटेको छ

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुई करोड सहयोग

  काठमाडौँ । नेपाल बैँक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  दुई करोड

खसी कस्तो किन्ने ? सिङमा हरियो रङ छिटेको हेर्नुस्

काठमाडौँ । काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा,

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो

गण्डकी । पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ ।