पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसाय संचालन गर्न दिन व्यवसायीको माग



काठमाडौं । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी महासंघले क्याटरिङ्ग तथा पार्टी प्यालेस संचालनमा रोक लगाउनु खेदपूर्ण भएको भन्दै तत्काल सञ्चालन अनुमति दिन सरकारसमक्ष आग्रह गरेको छ। शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले आफूहरुको व्यवसाय सञ्चालन गर्न रोक लगाईएकोमा पूर्ण खेद जनाएको छ ।

कार्यक्रममा महासंघका अध्यक्ष लिलाबहादुर जिसीले व्यवसाय व्यवसायीको लागि मात्रै नभएर राज्यको लागि भएको उल्लेख गर्दै यथाशक्य चाँडो पार्टी प्यालेस तथा क्याटरिङ खुलाउनुपर्ने बताए । उनले आफूहरुको व्यवसायजस्तै समान प्रकृतिका व्यवसाय सञ्चालन भैरहेको अवस्थामा पार्टी प्यालेस चाहिँ बन्द गरिनु दुःखद् पक्ष भएको टिप्पणी गरे ।

व्यवसायीका बिषयमा सरकार र सरोकारवाला निकायले गम्भीरता नदेखाउँदा सिंगो अर्थतन्त्र र वेरोजगारीको समस्या मुलुकले झेलिरहेको र व्यवसायी पलायन भइ वैंक तथा वित्तिय संस्थाहरु समेत डुब्ने स्थिति रहेको उनको भनाई थियो ।

महासंघले आफूहरु आम जनताको स्वास्थ्यप्रति अत्यन्तै गम्भीर रहेको उल्लेख गर्दै अब व्यवसाय सञ्चालन गर्दा आवश्यक भौतिक दूरी कायम गर्ने, स्यानिटाईजर प्रयोग गर्ने, मास्क र ग्लभ्स प्रयोग गर्ने प्रतिबद्धता जनाएको छ । त्यस्तै, पार्टी प्यालेसहरुका हलको क्षमताको आधारमा हाललाई ३५ प्रतिशत नबढ्ने गरी कार्यक्रम स्थलका प्रवेश गराई व्यवसाय संचालन गर्न पनि आफूहरु तयार रहेको महासंघले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घट्यो

  काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा  तीन सयले घटेको छ

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुई करोड सहयोग

  काठमाडौँ । नेपाल बैँक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  दुई करोड

खसी कस्तो किन्ने ? सिङमा हरियो रङ छिटेको हेर्नुस्

काठमाडौँ । काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा,

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो

गण्डकी । पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ ।