अर्थ समितिद्वारा चार उपसमिति गठन



काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले राजस्व चुहावट, सार्वजनिक संस्थानको खर्च, बैंक तथा बित्तिय संस्था लगायतका क्षेत्रको समस्या समाधान गर्न बिभिन्न चार उपसमिति गठन गरेको छ ।

मंगलबार बसेको समितिको बैठकले राजस्व चुहावट, राजस्व वक्यौता र राजस्व प्रशासनका समस्या अध्ययन उपसमिति, सार्वजनिक खर्च, खरिद, लगानी र राष्ट्रिय गौरवका आयोजना व्यवस्थापनमा देखिएका समस्या अध्ययन उपसमिति गठन गरेको हो । त्यस्तै बैंक तथा बित्तिय संस्थाका समस्या अध्ययन उपसमिति र सार्वजनक संस्थानका समस्या अध्ययन उपसमिति गठन गरिएको समिति सभापति कृष्ण प्रसाद दाहालले जानकारी दिए । उपसमितिमा रहने सदस्यहरु भने पछि तोकिने बताइएको छ ।

उक्त क्षेत्रमा देखिएको समस्या र समाधानका उपाय पहिल्याउन उपसमितिलाई कार्यदेश दिइएको सभापति दाहालले बताए । नेपालको वर्तमान राजस्व नीतिको अध्ययन गरि आवश्यक नीतिगत सुधारको सुझाव प्रस्तुत गर्ने, सार्वजनिक खरिद व्यवस्थापनमा देखिएका समस्या पहिचान गरी आवश्यक नीतिगत सुधारका लागि सुझाव प्रस्तुत गर्ने, बैंकको निक्षेप र कर्जा लागानीको अवस्था विश्लेषण गरी बैंक र ग्राहकहरुका समस्या समाधानका लागि उपसमितिले सुझाव सिफारिस गर्ने सभापति दाहालले बताए ।

त्यस्तै राष्ट्रिय गौरव र ठूला प्रतिनिधिमूलक आयोजनाको छनौटको मापदण्ड, लगानी वा स्रोतको सुश्चितता, व्यवस्थापन, बिभिन्न आयोजनाहरु समयमा नै सम्पन्न गर्न नसक्नुका कारण तथा जिम्मेवारी पुरा नगर्नेलाई कारवाहीको अवस्था लगायत बिभिन्न पक्षहरुको अध्ययन गरि सुधारका लागि सुझाव दिन पनि समितिले उपसमितिलाई जिम्मेवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुस ९ देखि १७ गतेसम्म पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुँदै

पोखरा । पोखरामा पहिलो पटक हुन थालेको अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा १५ देशका पाइलट

सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी

दाङ । केही वर्षअघि तुलसीपुर उपमहानगरपालिका-१२ लामिडाँडा निवासी ज्ञानबहादुर विकको घरभित्रै पानी पस्थ्यो

धान खेतीको क्षेत्रफल घटेपनि बाँकेमा धान उत्पादनमा भने वृद्धि

बाँके । बाँकेमा गत वर्षको तुलनामा यसवर्ष धानखेती गर्ने क्षेत्रफल घटे पनि उत्पादन

पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने

अशोक घिमिरे, काठमाडौँ  । नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि