बजारमा खाद्य बस्तुसँगै राखेर झिँगा साङ्ला मार्ने रसायनजन्य सामान बिक्री गर्ने गरेको फेला



काठमाडौं । काठमाडौंका अधिकांश खाद्य स्टोरमा म्याद गुज्रेका वा अन्य कारण बिग्रेर फिर्ता गर्नुपर्ने सामान राख्न छुट्टै ठाउँको व्यवस्था नगरिएको पाइएको छ । महानगरको उपभोक्ता हित संरक्षण समितिले गरिरहेको नियमित अनुगमनका क्रममा यो अवस्था देखिएको हो ।
दालका रुपमा प्रयोग गरिने कतिपय दाल र गेडागुडी, काजु, किसमिस, छोकडालगायतका मसला कहिले कसले प्याकेजिङ् गरेको हो ? उपभोग्य मिति कहिलेसम्म हो, उल्लेख गरेको पाइएन ।

चिउरा, म्याक्रोनी, पास्ताजस्ता सामाग्री बोराबाट निकालेर आफैं प्याकेट बनाउने तर उपभोग गर्न हुने मिति उल्लेख नगर्ने जस्ता समस्या देखिएको छ । यस्ता कुरामा उपभोक्ताले पनि ध्यान दिएको नदेखिएको अनुगमनका क्रममा पाइएको छ । भदौ २७ र २८ गते चाबहिल क्षेत्रमा भएका होलसेल र खुद्रा खाद्यान्न पसलको अनुगमनका क्रममा भेटिएको साझा समस्या हो । त्यस्तै अनुगमनका क्रममा उपभोक्ताले खरिद बिल नलिने अर्को समस्या देखिएको छ ।

चाबहिल चोककै छेउमा एउटै पसलमा दुईटा बोर्ड राखेको समेत पाइएको छ । एउटा सटरमा बाहिरबाट हेर्दा सानो किराना पसल जस्तै देखिने तर त्यसका सञ्चालकले छेउका दुईवटा घरमा दुई वटा फ्लाट लिएर सामान भण्डारण गरेको समेत पाइएको छ । भण्डारमा म्याद गुज्रिएका सामान र म्याद भएका सामान एकै ठाउँमा भेटिएका छन् । अनुगमनका क्रममा पसलमा मूल्यसूचि नराखिएको, खानेकुरासँगै झिँगा, मच्छड र साङ्ला मार्ने बिषादी पनि बेच्न राखिएको पाइएको छ ।

यो जस्तै जयबागेश्वरी स्टोरलगायतका स्टोरमा खाद्य सुरक्षाका दृष्टिले भण्डारण असुरक्षित रहेको पाइएको छ । त्यस्तै वडामा दर्ता नगरेको, नापतौल अद्यावधिक नगरेकोलगायतका समस्या पाइएको छ ।

मित्रपार्कमा रहेको जय भोले ट्रेडर्समा पनि ट्याग नभएका दाल र गेडागुडीका प्याकेज गरेको पाइएको छ । अनुगमन समितिले खरिद बिक्री बिल, दर्ता र नविकरण प्रमाण पत्र, गोदाम प्रमाणिकरणको प्रमाण पत्र, व्यवसाय र बहाललगायत करचुक्ता प्रमाण पत्र जस्ता आवश्यक कागजातसहित ३ दिनभित्र महानगरको कृषि बिभागमा सम्पर्क राख्ने गरी निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गभर्नर अधिकारीमािथ छानबिन गर्न गठित जाँचबुझ समिति रद्द गर्ने सरकारको निर्णय

काठमाडौं । असोज १८ गते बसेको मन्त्रिपरिषद बैठकले विभिन्न २१ वटा निर्णय गरेको

सत्तारुढ कांग्रेस र एमालेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे एक करोड सहयोग

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  ५० लाख सहयोग गरेको

समस्यामा परेका नेपालीलाई सहायता र समन्वय गर्न लेबनान र इजरायलका राजदूतलाई परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपालीहरुको अवस्थाबारे

दसैंमा सोचे जस्तो व्यापार नभएको न्युरोडका व्यापारीको गुनासो

काठमाडौँ। ‘रोजी रोजी र छानी छानी, आउनुहोस् आधा छुटमा सामान लैजानुहोस्’ न्युरोडका फेन्सी