सरकार, बैंकका सीमित शाखा मात्र खोल्न दिएर सर्वसाधारणको भीड बढाउने ?
काठमाडौं । कोरोना महामारीका कारण उपत्यकामा लगाइएको निषेधाज्ञाका कारण सीमित शाखाबाट मात्र कारोबार भएपछि काठमाडौंका बैंकहरुमा केही दिनयता ग्राहकको घुइँचो बढेको छ । निषेधाज्ञाका क्रममा बैंकहरुले सबै शाखा कार्यालयहरु खोल्न पाएका छैनन् । खुलेका शाखामा पनि सबै कर्मचारीहरु राखेर पूर्णरुपमा सेवा दिन नपाएका कारणले पनि भीड बढेको बैंक सञ्चालकहरु बताउँछन् ।
हेड अफिसमा कम कर्मचारी परिचालन गर्दा बैंकहरुले राजधानीमा केही बढी शाखा कार्यालय खोल्न पाउँछन् । अहिले हेड अफिससहित बढीमा चार वटा कार्यालय खोल्न पाइने व्यवस्थाका कारण पनि भीड बढेको हो ।
अहिले सामान्य कामका लागि पनि घण्टौ लाग्ने गरिएको सर्वसाधारणहरुले बताएका गुनासो गरेका छन् । बैंकहरुले हरेक दिन कुन कुन कर्मचारी काममा जाने हुन् त्यसको सूची प्रहरी र राष्ट्र बैंकलाई पठाउनु पर्ने व्यवस्था छ ।