विद्युत प्राधिकरणले कमायो ११ अर्ब ६ करोड रुपैयाँ नाफा



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७६/७७ मा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । सोमबार प्राधिकरणले ३५ औं वार्षिकोत्सवका अवसरमा सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार ४ अर्ब ८७ करोड रुपैयाँ सञ्चित नाफा गरिएको जानकारी दिएको छ ।

दुई वर्षदेखि प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बन्दै आएको छ । प्राधिकरणको विद्युत् चुहावट १५.२७ प्रतिशतमा झरेको छ ।

चार वर्षमा करिव ११ प्रतिशतको चुहावट कम हुँदा प्राधिकरणलाई वित्तिय रुपमा करिव ८ अर्ब रुपैयाँ फाइदा भएको छ । गत आर्थिक बर्षमा मुलुकभित्रको विद्युत् मागलाई आपूर्ति गर्नका लागि भारतबाट आयात गरिएको विद्युतको अंश घटेको छ भने नेपालबाट भारतर्फको निर्यात बढेको छ ।

गत बर्ष प्राधिकरणको प्रणालीमा उपलब्ध ७ अर्ब ७४ करोड युनिट ऊर्जामध्ये भारतबाट २२.३४ प्रतिशत आयात भएको छ । त्यस्तै आर्थिक वर्ष २०७६÷७७ को कूल खपत ६ अर्व ५२ करोड ८७ लाख युनिट पुगेको छ । यसरी हाल प्रति व्यक्ति प्रति वर्ष विद्युत खपत करिव दुई सय ४५ युनिट पुगेको छ । नियमित, भरपर्दो, गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन अहोरात्र खट्ने प्रतिबद्धता प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धितोपत्रको भित्री कारोबारको अभियोगमा ऊर्जा व्यवसायी न्यौपानेविरुद्ध मुद्दा दायर

काठमाडौं । जिल्ला अदालत काठमाडौँमा ऊर्जा व्यवसायी गुरुप्रसाद न्यौपानेविरुद्ध तीन करोड २३ लाख

बौद्धनाथ क्षेत्रमा बढ्न थाले बाह्य पर्यटक

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा बाह्य पर्यटक बढ्न थालेका छन्

मुस्ताङमा च्याङ्ग्राको भुवाको गुणस्तर अध्ययन

मुस्ताङ । गुणस्तरीय पश्मिना उत्पादनका लागि च्याङ्ग्रा भुवाको गुणस्तर निर्धारण गर्ने उद्देश्यले मुस्ताङका

नेप्सेमा निरन्तर गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार ओरालो लागेको छ