काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ । आइतबार प्रतितोला ९६ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन एकैदिन १२ सय रुपैयाँले बढेर आज नयाँ रेकर्ड कायम गरेको हो ।
आज चाँदीको मूल्य पनि ६० रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । आइतबार चाँदीको मूल्य ११ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। पछिल्लो सातादेखि चाँदीको मूल्य पनि बढिरहेको छ।
सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढिरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया