सुन तोलाको ९६ हजार ३ सय रुपैयाँमा कारोबार
काठमाडौं । सुन तोलाको ९६ हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुन तोलाको ९६ हजार ३ सय रुपैयाँ कायम गरेको छ ।
शुक्रबार भने तोलाको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो ।
यस्तै तेजाबी सुनको भाउ पनि तोलाको ९५ हजार ८ सय ६० रुपैयाँ पुगेको छ । गत शुक्रबार तोलाको ९५ हजार ३ सय ६५ मा कारोबार भएको थियो । चाँदीको भाउ पनि निरन्तर बढेर तोलाको १ हजार १ सय ५५ रुपैयाँ पुगेको छ ।