सुन तोलाको ९५ हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ९५ हजार ८ सयमा पुगेर हालसम्मकै उच्च रेकर्ड राखेको छ। एकदिन अघि ९४ हजार ५ सयमा कारोबार भएको सुन शुक्रबार एकैदिन १३ सयले बढेर नयाँ रेकर्ड राखेको हो। आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५० रुपैयाँमा कारोबार भएको छ ।