‘रेलवे ट्रयाक’ निर्माणसम्बन्धी बोलपत्रको छनौट प्रक्रियानै त्रुटिपूर्ण !



काठमाडौं । रेल विभागले हालै आह्वान गरेको ‘रेलवे ट्रयाक’ निर्माणसम्बन्धी कार्यको बोलपत्रको छनौट प्रक्रियानै त्रुटिपूर्ण रहेको भन्दै यसलाई यथाशिघ्र संशोधन गर्न विभिन्न १४ वटा निर्माण कम्पनीले माग गरेका छन् ।

बिहीबार काठमाडौंमा कान्छाराम कन्स्ट्रक्सन कम्पनी, वज्रगुरु कन्स्ट्रक्सन, रायमाझी कन्स्ट्रक्सन, अमर कन्स्ट्रक्सन, याकथुम्हाङ्ग कन्स्ट्रक्सन, थोदोङ्ग कन्स्ट्रक्शन, हिम सगरमाथा कन्स्ट्रक्सन, महालक्ष्मी कन्स्ट्रक्सन, सपना कन्स्ट्रक्सन, गौरी पार्वती कन्स्ट्रक्सन लगायतले संयुक्त पत्रकार सम्मेलन गरी बोलपत्रको प्रक्रिया अविलम्ब सच्याउन माग गरेका हुन् ।

उनीहरुले सार्वजनिक खरिद अनुगमन कार्यालयले पनि स्पेसिफिक कन्स्ट्रक्सन एक्सपेरियन्सः कन्ट्रयाक्ट्स अफ सिमिलर साईज एण्ड नेचर र एक्सपेरियन्स ईन कि एक्टिभिटिजको खास परिभाषा गरिदिनुपर्ने पनि माग गरेका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयलाई आफूहरुले यसअघि नै यस सम्बन्धमा स्पष्ट पारिदिन आग्रह गरिसकेको तर उक्त कार्यालयले अहिलेसम्म कुनै सुनुवाई नगरेको हिम सगरथामा कन्स्ट्रक्सन प्रालिका प्रवन्ध निर्देशक सूर्य प्रसाद तिमिल्सिनाले बताए ।

पत्रकार सम्मेलनमा कान्छाराम कन्स्ट्रक्सनका प्रवन्ध निर्देशक पूर्णबहादुर तामाङले आफूहरु कोहीपनि व्यवसायीहरु सुरक्षित नभएको भन्दै सुरक्षाको प्रत्याभुति गर्न सरकारसमक्ष माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले युरोपेली युनियन (ईयू) को

विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न ६२ खर्ब लगानी आवश्यक पर्ने

काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादनको

६ महिनाको मध्यपुरथिमि नगरपालिकाको आम्दानी १४ करोड

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा १४ करोडभन्दा बढी

भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु, उद्योगमन्त्री भण्डारीद्वारा उद्घाटन

काठमाडौँ। नेपाल उड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दसौँ संस्करण आजदेखि भृकुटीमण्डपमा