‘शिवम् मोबाइल एप’ सार्वजनिक


काठमाडौं । शिवम् सिमेन्टले कोभिड १९ को परिस्थितिमा सिमेन्ट खरिद गर्न मिल्नेगरी ‘‘शिवम् मोबाइल एप’’ सार्वजनिक गरेको छ । शिवम सिमेन्टले सोमबार काठमाडौंमा कार्यक्रम आयोजना गरी मोबाइल एप सार्वजनिक गरेको हो । कार्यक्रममा शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्रकुमार गोयलले आफ्नो मोबाइलमा ‘‘शिवम् मोबाइल एप’’ डाउनलोड गरी सहज र सरल रुपमा ओपीसी सिमेन्ट अर्डर गर्न सक्ने बताए ।

Shivam Cement Mobile App Launching Ceremony

Posted by Shivam Cement on Monday, July 20, 2020

उनले ग्राहकको सुविधाका लागि सिमेन्टको बजार मूल्य भन्दा केही कम गरी निश्चित मूल्य निर्धारण गरिएकाले ढुक्क हुन आग्रह गरे । एपको माध्यमबाट ग्राहकले गरेको अर्डरलाई कम्पनीले सहज व्यवस्थापनका साथ उचित मूल्यमा समयमै तोकिएको स्थानमा डेलिभरी दिने समेत उनले बताए । शिवम् सिमेन्ट एप गुगल प्लेस्टोर तथा आईओएस एप स्टोरबाट डाउनलोड गरी सहजै प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।