काठमाडौं । नेपाली कांग्रेसको अर्थतन्त्र केन्द्रित विशेष समितिले आर्थिक पुनरुत्थानका लागि कर्जाको पुनर्संरचना, कर्जा भुक्तानीको अवधि पूनरतालिकीकरण गर्न सुझाव दिएको छ ।
कांग्रेस पार्टी कार्यालय सानेपामा बिहीबार पत्रकार सम्मेलन गरी समितिका संयोजक डा. रामशरण महतले कोरोना महामारीबाट उत्पन्न चुनौतीहरुको सामना गर्न बिभिन्न सुझाव दिदैं ब्याजको पुँजीकरण गरेर कर्जा व्यवस्थापनमा लचकता अपनाउनुपर्ने समेत बताए । महतले मौद्रिक नीतिमा आर्थिक पुनरुत्थान, दीर्घकालीन आर्थिक वृद्धि, वित्तीय सुधार, विनीमय दर एवम् बाह्य भुक्तानी सन्तुलन र नियमन तथा सुपररिवेक्षण क्षमतामा जोड दिनुपर्ने बताए । कोरोनाको असरमा परेमा व्यवसायिक क्षेत्रहरुलाई पनि मौद्रित नीतिले जोड दिनुपर्ने उनको भनाई थियो ।
समितिले उत्पादन वृद्धि र मुद्रास्फीति नियन्त्रण पर्ने हुँदा चालु मूल्यमा मापन गरिने कुल ग्राहस्थ उत्पादनको वृद्धि दरलाई मौद्रिक नीतिको मुख्य लक्ष्य बनाउनु पर्नेमा पनि जोड दिएको छ ।

प्रतिक्रिया