सुर्य नेपालद्वारा प्रदेश राहत कोषमा एक करोड सहयोग
जनकपुरधाम । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा सूर्य नेपाल प्रालिले एक करोड रुपैया सहयोग गरेको छ ।
सूर्या नेपालका प्रतिनिधिहरुले आज मुख्यमन्त्री लालबाबु राउतलाई चेक हस्तान्तरण गरेका हुन् ।
प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा विभिन्न बैंक , वितिय संस्था , विभिन्न व्यापारीक घरानाहरुले जम्मा गराएका छन् । उक्त रकम बाट प्रदेश सरकारले कोरोनाको रोकथाम तथा उपचारमा खर्च गर्दै आएको छ ।