सक्ने उद्योगी व्यवसायीलाई बैंकको ऋण तिर्न महासंघको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सक्ने उद्योगी व्यवसायीलाई बैंकको ऋण तिर्न आग्रह गरेको छ । महासंघले सूचना प्रकाशित गरी बैंकसँग लिएको ऋणको विषयमा कुनै गुनासो भए लेखेर पठाउन पनि आफ्ना सदस्यलाई आग्रह गरेको छ ।
तिर्न नसक्ने उद्योगी, व्यापारी तथा व्यवसायीको कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण तथा ब्याजको पुँजीकरण गरी कर्जा तिर्ने समय थप गर्न आगामी आर्थिक वर्ष ०७७, ७८ को मौद्रिक नीतिमा व्यवस्था गर्न महासंघले सम्बन्धित सबै निकायहरूमा अनुरोध पनि गरेको छ ।