धितोपत्र बोर्ड तथा नेप्सेका कर्मचारीले अब आईपीओ भर्न नपाउने



काठमाडौं । पुँजी बजार तथा मुद्रा बजारको विषयमा अध्ययन गर्न बनेको उपसमितिको प्रतिवेदन प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिले पारित गरेको छ । शुक्रबार बसेको समिति बैठकले रामकुमारी झाँक्रीको नेतृत्वमा बनेको उपसमितिको प्रतिवेदनमाथि सामान्य छलफल गर्दै पारित गरेको हो । समितिले नेपाल धितोपत्र बोर्ड तथा नेप्सेको कर्मचारीले अब आईपीओ समेत भर्न नपाउने व्यवस्था समेत गरेको छ । यस्तै राष्ट्र बैंक र अर्थ मन्त्रालयमा पनि सम्बन्धित विभागमा काम गर्ने कर्मचारीले विभागमा काम गर्न सुरु गर्नुपूर्व आफूसँग भएको सेयर सार्वजनिक गर्नुपर्ने र पदमा रहँदासम्म धितोपत्र कारोबारमा सहभागी हुन नपाउने गरी समितिले प्रतिवेदन पारित गरेको छ ।

बैठकमा सांसदहरुले सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिँदा पुरानै तरिकाले कारोबार गर्नेभन्दा नैतिक कारोबार गर्ने गरी र समस्या समाधान हुने गरी दिइनुपर्ने बताएका थिए । समिति सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले ५० करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएको कम्पनीलाई पब्लिक लिमिटेडमा लैजाने विषयमा ५० करोडको सीमा सानो भएको बताए ।

पब्लिक लिमिटेडमा जाने कम्पनीका लागि पुँजी बढाउने र मजर्ररप्राप्ति ठीक हुन यसले पारदर्शी हुने उनले बताए । समितिका अर्का सदस्य तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राम्रो अध्ययन गरेर ल्याइको प्रतिवेदनले कार्यान्वयनमा जानुपर्ने बताए । पुँजीबजारलाई प्रतिस्पर्धी नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिनुपर्ने उनको भनाई थियो ।

उपसमितिकी संयोजक रामकुमारी झाँक्रीले जलविद्युत् तथा ढुङगा गिटी उद्योग पनि पारदर्शी हुन्छ कि भनेर सानो पुँजी सुझाव दिएको बताइन् । त्यस्तै उनले अहिले धितोपत्र बोर्ड र नेप्सेका कर्मचारी तथा उनीहरुको पनि सेयर कारोबार गरिरहेको भन्दै यसले सेवा प्रभावकारी हुन नसक्ने देखिएको उल्लेख गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सूचना प्रविधिको अधिकतम उपयोगमा अर्थमन्त्रीको जोड

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी सेवाप्रवाहसँग सम्बन्धित सूचना प्रविधि प्रणालीलाई

नवलपुरमा नौ करोडको सुन्तला उत्पादन

नवलपुर ।  यस वर्ष नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा नौ करोड बराबरको सुन्तला उत्पादन भएको

अमेरिकी डलरको भाउ घट्यो

  काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको

अब विदेशबाट पनि श्रम स्वीकृति

काठमाडौं । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली