सर्किट ब्रेक लागेर शेयर कारोबार बन्द
काठमाडौं । बिहीबार ६ प्रतिशतले नेप्से घटेपछि सर्किट ब्रेक लागेर शेयर कारोबार बन्द भएको छ । बजार खुलेको एक घण्टा ४० मिनेटमा ६ प्रतिशत अर्थात् ८० दशमलव ४१ अंकले घटेर नेप्से १ हजार २ सय ५६ दशमलव ११ अंकमा बन्द भएको हो । सेन्सेटिभ परिसूचक पनि ६ दशमलव २७ प्रतिशत अर्थात १७ दशमलव ९९ अंकले घटेर २ सय ६९ दशमलव ०३ अंकमा बन्द भएको छ । आज १ सय ४२ कम्पनीको ४७ करोड ६६ लाख ५४ हजार रुपैयाँ बराबरको १ लाख ६१ हजार ८ सय ९० कित्ता शेयर खरिद विक्री भएको छ ।
बजार खुलेको ३ मिनेटसम्म केही बढेको नेप्से त्यसपछि लगातार घट्दै ११ बजेर २३ मिनेटमा पहिलो सर्किट लागेको थियो । त्यस पछि २० मिनेटका लागि कारोबार बन्द भएको थियो । दोस्रोपटक खुलेको बजारमा ११ बजेर ४७ मिनेट जाँदा फेरी ५ प्रतिशतले नेप्से घटेपछि दोस्रोपटक पुनः सर्किट ब्रेक लागेको थियो ।