सौर्य उर्जाको १.२५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपियो



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको ग्रिडमा आवद्ध सोलार आयोजनाको १.२५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । ऊर्जा मिश्रणको अवधारणालाई अगाडि बढाएको सरकारले क्रमशः त्यसलाई अगाडि बढाउँदै लगेको सन्दर्भमा सौर्य परियोजना क्रमशः सम्पन्न हुने चरणमा प्रवेश गरेको हो।

कूल २५ मेगावाट जडित क्षमता भएको सौर्य परियोजनामध्ये बुधबारदेखि १.२५ मेगावाट बराबरको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो।

सौर्य आयोजनाबाट उत्पादित विद्युत् देवीघाट विद्युत्गृहको सवस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको प्राधिकरणले जनाएको छ । दिउँसो घाम लागेका आधारमा १.२५ जडित क्षमताको ८० देखि ९० प्रतिशतसम्म ऊर्जा उत्पादन हुने जनाइएको छ।

प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट विद्युत केन्द्रको स्वामित्वमा रहेको जग्गामा राखिएको सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत् सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो।

ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुने गरी व्यवस्था गरिएको छ। कूल २५ मेगावाट जडित क्षमताको ग्रिडमा आवद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजना हो।

आयोजनाको १० मेगावाट विद्युत् डेढ महिनाभित्रमा ग्रिडमा जोडिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । बाँकीको काम अगाडि बढिरहेको तर प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदन स्वीकृतिको प्रक्रियामा रहेकाले निर्माणमा केही समय लाग्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सदर चिडियाखानालाई ललितपु महानगरको आर्थिक सहयोग

काठमाडौं । ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानालाई ललितपुर महानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

गुणस्तर ऐनविपरित संचालित पचासी उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही

  काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर ऐनअनुसार सञ्चालन नभएका

महासंघको वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकालद्वारा उम्मेदावारी दर्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले

पर्यटक नभएपछि सुनसान घलेगाउँ

लमजुङ । लमजुङको क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँ घरवास गत भदौ १ गतेबाट खुले पनि