बैंकरले भने -समस्यामा परेका ऋणीलाई मात्र दुई प्रतिशत ब्याज छुट दिऔं



काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनले राष्ट्र बैंकले सबै ऋणीलाई दुई प्रतिशत ब्याज छुट दिन दिएको निर्देशन उचित नभएको बताएको छ । संसदको अर्थ समितिको बैठकमा बैकरहरुले २ प्रतिशत ब्याज छुट दिने विषय उचित नभएको जनाएका हुन् ।

वास्तविक समस्यामा परेका उद्यमीहरुलाई आफूहरु सहयोग गर्न तयार भएको तर सबै ऋणीलाई राहतको अवश्यकता नपर्ने उनीहरुले तर्क अगाडि सारेका छन् । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले सबै क्षेत्र प्रभावित नभएकाले बढी प्रभावित भएका, कम प्रभावित भएका र प्रभाव नपरेका उद्योगहरुलाई छुट्याएर राहत उपलब्ध गराउने नीति ल्याउनुपर्ने बताए ।

उनले राष्ट्र बैंकको नीतिले गर्दा नियमित आम्दानी गरिरहेकाले पनि दुई प्रतिशत ब्याज छुट पाएका बताए । उनले अर्थतन्त्रको सुधारका लागि करिब १० अर्ब डलर बराबरको विदेशी मुद्रा जगेडामा रहेको र यो रकमले १० महिनाको आयातलाई धान्न सक्ने भएकाले यही रकमबाट ३, ४ अर्ब डलर खर्च गर्न सुझाव दिए ।

बैंकर्स संघका पूर्व अध्यक्ष अनिलकेशरी शाहले राहत बैंकले ऋणीलाई मात्र दिने हो कि उनीहरुले पनि आफ्ना ग्राहकलाई दिने हो बुझ्न कठिन भएको बताए । समितिले आगामी बजेटमा समेट्नुपर्ने बिषयमा बैंकर्स एसोसियसनसंग छलफल गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनास्लु क्षेत्रमा पर्यटक शुल्कमार्फत दुई करोड ५० लाख राजस्व सङ्कलन

गोरखा ।  प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न

वैशाख मसान्तसम्म मुलुकको व्यपार घाटा ११ खर्ब ७७ अर्ब

  काठमाडौँ ।  चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब

२७ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से दोहोरो अङ्कले बढेको छ

आठ खर्ब ५३ अर्ब लागतका आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी

काठमाडौँ ।  सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी (भियुसिएल)ले झण्डै आठ खर्ब ५३ अर्ब