शून्य ब्यालेन्स भएका ग्राहकलाई एक सातासम्म फोन, एसएमएस र इन्टरनेटको सुविधा



काठमाडौं । मोबाइलमा पैसा सकिएकाहरुको लागि नेपाल टेलिकमले सित्तैको सेवा उपलब्ध गराउने भएको छ ।

लकडाउनको कारण रिचार्ज कार्ड किन्न नपाएका या विद्युतीय भुक्तानीमार्फत कुरा गर्न र ईन्टरनेट चलाउन नपाएकाहरुलाई टेलिकमले निःशुल्क सेवा दिन लागेको हो ।

ब्यालेन्स शून्य भएको र पटक-पटक अरुसँग कुरा गर्न खोजेका सिमकार्ड पत्ता लगाएर टेलिकमले शन्देश पठाउनेछ । आवश्यक प्रक्रिया पूरा गरेपछि निःशुल्क सेवा सुरु हुनेछ ।

यो सुविधा वैशाख ८ गते राति १२ बजेबाट लागु हुनेछ । जिरो ब्यालेन्स भएको अवस्थामा उपभोक्ताले नेपाल टेलिकमको नेटवर्कभित्रै २५ वटा एसएमएस पठाउन सक्नेछन् भने ५० मिनेट टेलिफोन कुरा गर्न पाउनेछन् । यसैगरी १ सय एमबी डाटा पनि प्रयोग गर्न पाउनेछन् । उल्लेखित प्याकेजको अवधि ७ दिनको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगामी बजेटबारे कृषि मन्त्रालयसँग छलफल

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग

नेप्से परिसूचकमा ३२ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव २१ अङ्कले घटेको छ

इयुले नेपालको ऊर्जा क्षेत्रको विकासमा थप ऋण तथा अनुदान सहायता उपलब्ध गराउने

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि युरोपेली युनियनका राजदूत

पर्वतमा यसवर्ष आलु उत्पादन वृद्धि हुने अनुमान

पर्वत । आलु खेतीको क्षेत्रफल विस्तारसँगै अनुकूल मौसमका कारण यस वर्ष जिल्लामा आलु