मेगा बैंकले कोरोना उपचार कोषमा एक करोड ३५ लाख रुपैयाँ दिने
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि सङ्घीय र प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा कूल एक करोड ३५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।
बैंकले केन्द्रको कोषमा एक करोड र सातैवटै प्रदेशले स्थापना गरेको कोषमा पाँच÷पाँच लाख गरी जम्मा एक करोड ३५ लाख सहयोग गर्ने निर्णय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले जानकारी दिए । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हुने यो सहयोगमा बैंकका एक हजार २०० भन्दा बढी कर्मचारी र सञ्चालक समितिका सदस्यले पनि व्यक्तिगत योगदान गर्नेछन् ।