कोरोना भाइरसको प्रभावका कारण दुई करोड ५० लाख मानिसले गरिवीको रेखामुनिबाट पार नपाउने



विश्व बैंकको एउटा अध्ययनले कोरोनाभाइरसको प्रभावले पूर्वी एशिया र प्रशान्त क्षेत्रका झण्डै २ करोड ४० लाख मानिसलाई गरिबीबाट पार पाउनबाट रोक्ने देखाएको छ । उसले सबै देशमा कोरोनाभाइरसको सङ्क्रमणका कारण उत्पन्न परिस्थितिको उल्लेख्य आर्थिक प्रभाव पर्ने बताएको छ । विश्व बैंकले सबैभन्दा बढी जोखिममा भाइरसको प्रभावको असर देखिने उद्योगमा आश्रित परिवारहरू रहेको उल्लेख गरेको छ ।

उसका अनुसार थाइल्याण्ड र प्यासिफिक आइल्याण्डको पर्यटन क्षेत्रमा प्रभाव पर्नेछ भने भियतनाम र कम्बोडियाको उत्पादनमूलक उद्योगहरू प्रभावित हुनेछन् । विश्व बैंकले स्वास्थ्य सेवाको विस्तार र स्वास्थ्य उपकरणको उद्योगमा लगानी गर्न उक्त क्षेत्रलाई अनुरोध गरेको छ । परिवारहरूलाई मद्दत गर्न बिरामी विदाको सहुलियत उपलब्ध गराउन प्रस्ताव गर्न उसले भनेको छ ।

विश्व बैंकले महामारीको प्रभावले पूर्वी एशिया र प्रशान्त क्षेत्रका दुई करोड ४० लाखभन्दा कम मानिस गरिबीको रेखाबाट बाहिर जाने उल्लेख गरेको छ । सबैभन्दा खराब अवस्थामा उक्त सङ्ख्या तीन करोड ५० लाख पुग्ने र त्यसमध्ये दुई करोड ५० लाख चीनमा गरिबीको रेखामुनि रहन बाध्य हुने उल्लेख गरिएको छ । विश्व बैंकले दैनिक साढे पाँच डलर वा सोभन्दा कम आम्दानी हुनेलाई गरिबको परिभाषामा राखेको छ ।

गरिबहरू थप गरिब हुनेछन् अनि धनी देशहरूले पनि व्यापारलाई सही अवस्थामा राख्न सङ्घर्ष गर्नेछन् । कोरोनाभाइरस शुरू भएको चीनमा आर्थिक वृद्धि घटेर २ दशमलव ३ प्रतिशतमा सीमित हुनेछ । अघिल्लो वर्ष वृद्धि ६ दशमलव १ प्रतिशत थियो । महामारी थप खराब नभएको अवस्थामा अहिलेको प्रक्षेपण गरिएको हो। यदि यो अझ खराब भयो भने वृद्धि शून्य दशमलव १ प्रतिशत मात्रै हुनेछ ।

स्वास्थ्यमा समस्या देखिँदा र आम्दानी गुम्दा त्यसले गरिबीको रेखामा रहेकालाई सिधा असर गर्ने विश्व बैंकको भनाइ छ । अनौपचारिक क्षेत्रमा काम गर्ने बढी प्रभावित हुनेछन् र उनीहरूले बढी सहायता खोज्नेछन् । पछिल्लो दशकमा मुख्यगरी चीन विश्वको आर्थिक वृद्धिको मुख्य इन्जिन रहेको थियो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ सरकारको अवस्थाः आठ महिनामा सात खर्ब ३८ अर्ब आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी

सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी

१० वर्ष अमेरिकामा पढेर फर्किएपछि गाउँमै केराखेतीमा जमेका सुशील

म्याग्दी । मङ्गला गाउँपालिका-३ सातबिसेमा १० वर्ष अमेरिकामा पढेर फर्किएका एक जना युवाले

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको