उद्योग वाणिज्य महासंघले सरकारलाई दियो ५० लाख नगद, ५० लाखको सामग्री
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासघले कोरोना साहायता केन्द्रीय राहत कोषमा ५० लाख नगद र ५० लाख बराबरको सहयोग सामग्री प्रदान गरेको छ । महासघको टोलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई ५० लाखको चेक हस्तान्तरण गरेको थियो ।
मास्क, स्यानिटाइजर, पन्जा खाद्यान्न दाल चामल लगायतका खादान्न पनि हस्तान्तरण गर्न लागिएको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् ।
महासंघले दैनिक ज्यालादारी गरेर खाने वर्गलाई मार परेकाले उनीहलाई खाद्यान्न पनि सहयोग गर्ने राणाले जानकारी बताइन् । सरकारसँगको समन्वयमा यस्तो सहयोग वितरण हुने अध्यक्ष राणाले जानकारी दिइन् । ५ किलो चामल र १ किलो दालको प्याकेटहरु बनाउने काम सुरु भएको उनले बताइन् ।