लगानीमैत्री र व्यावसायिक वातावरण सुनिश्चित गर्न बैंकर्स एसोसिएसनलाई अर्थमन्त्रीको आग्रह



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थामा रहेका समस्याको तत्काल र दीर्घकालीन समाधानका लागि जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले समस्या समाधानका लागि संयन्त्र विकास गरी समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने र निजी क्षेत्रलाई विश्वासको वातावरण सिर्जना गरी लगानीमैत्री र व्यावसायिक वातावरण सुनिश्चित गर्न मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा बैंकर्स एसोसिएसनलाई आग्रह गरेका हुन् ।

मुलुकको समसामयिक आर्थिक तथा वित्तीय अवस्था एवं बैंकिङ क्षेत्रमा देखिएका समस्या र यसको समाधान गर्ने उद्देश्यले अर्थमन्त्री खतिवडाले सोमबार बैंक तथा वित्तीय संस्थाका पदाधिकारीसँग छलफल गरेका हुन् ।

मन्त्री खतिवडाले समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्न आवश्यक गृहकार्य गरी कार्यान्वयनको प्रक्रियामा लैजान अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, नेपाल राष्ट्र वैंक र नेपाल बैंकर्स एसोसिएसनले यथाशीघ्र छलफल गरी टुङ्गोमा पुर्याउनसमेत निर्देशन दिए ।

सो अवसरमा बैंकिङ क्षेत्रमा विशेषगरी तरलताको अवस्था, कर्जाको माग, असुली र ब्याजदर, सम्पत्ति शुद्धीकरण अनुसन्धानसम्बन्धी पालना गर्नुपर्ने विषय, सामाजिक सुरक्षाकोषमा निजी क्षेत्रको स्वःस्फूर्त सहभागिता अभिवृद्धि, संस्थागत सामाजिक उत्तरदायित्वको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिइएको थियो ।

यस्तै सहुलियतपूर्ण कर्जा वितरणलाई ऋणीको आवश्यकता र मागबमोजिम परिचालन, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनको कार्यान्वयन र तथा केवाइसी मौजुदा व्यवस्थालाई सरलीकरण गर्ने, हेजिङ सुविधा, मर्जर नीतिको कार्यान्वयनलगायत विषयमा सहभागीले आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा

मान्म । कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका-३ फोइमहादेव गाउँमा रहेको छ

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा

समृद्धिको आकाङ्क्षा पूरा गर्न लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछः उद्योगमन्त्री भण्डारी(अन्तरवार्ता)

काठमाडौँ । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ अर्को साता (वैशाख १६ र १७ गते)

चीनले नेपालमा सञ्चालन हुने सहायता परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने