हिमालयन बैंकको २२ प्रतिशत लाभांश पारित



काठमाडौं । हिमालयन बैंकले आफ्ना शेयरधनीलाई २२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । सो बैंकको बुधबार सम्पन्न २७औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश (करसहित) पारित गरेको हो ।

बोनस शेयरको वितरणपश्चात् बैंकको चुक्ता पूँजी नौ अर्ब ३७ करोड २२ लाख ८१ हजार ४२८ पुग्ने बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले जानकारी दिनुभयो । २७ वर्षदेखि वित्तीय सेवा दिँदै आएको बैंकले आव २०७५÷७६ मा एक खर्ब १३ अर्ब नौ करोड निक्षेप सङ्कलन र ९८ अर्ब २० करोड ६३ लाख कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः १३.३८ र १३.०८ प्रतिशतले बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वर्षाले विभिन्न जलविद्युत् आयोजनामा क्षति, माग धान्न ३०० मेगावाट विद्युत् भारतबाट आयात

काठमाडौँ । अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेको

दूरसञ्चार र ‘इन्टरनेट’ सेवालाई निरन्तरता गर्न मन्त्रालयको निर्देशन

  काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार सेवा र ‘इन्टरनेट’ सेवा

उखु र दुध किसानको भुक्तानीका लागि दुई अर्ब निकासा

  काठमाडौँ । सरकारले उखु र दूध किसानको बक्यौता रकम भुक्तानीको प्रक्रिया अघि

कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा

भोजपुर। भोजपुरमा आफ्नै ठाउँमा कृषि उद्यम,व्यवसायमा लाग्ने युवाको संख्या बढेको छ । सरकारको