भन्सार दिवसमा भिसिटिएस सम्बन्धि प्रशिक्षण



काठमाडौं । ६८ औं भन्सार दिवसको अवसरमा भन्सार कर तथा भिसिटिएस सम्बन्धि प्रशिक्षण कार्यक्रम गरिएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भन्सार दिवसको अवसरमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । प्रशिक्षणबाट सम्पूर्ण व्यवसायीहरुलाई सहयोग पुग्ने नाडाका अध्यक्ष कृष्ण दुलालले बताए ।

सातवटै प्रदेशमा संस्थागत सदस्यहरुमार्फत प्रशिक्षण कार्यक्रम अघि बढाउने लक्ष्य नाडाले लिएको छ । अध्यक्ष दुललाले अहिलेको मुख्य माग भनेको सन्दर्भ मूल्य हटाएर व्यवसायीले स्वघोषणा गरिएको मूल्य कायम हुनुपर्ने बताए ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सारसँग आमनागरिकको साक्षात्कार हुन नसकेको बताए । भन्सार विभागले यो वर्षदेखि मालवस्तुहरुको सही घोषणा अभियान सुरु गर्ने भएको छ । सही घोषणा गर्ने पहिलो अधिकार व्यवसायी र पैठारीकर्ताको भएको बताउँदै महानिर्देशक दाहालले पैठारीकर्ता आफंै वा एजेन्टमार्फत त्यसको जवाफ दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्थतन्त्रमा सकारात्मक सङ्केत देखापरेको छः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताएका छन्

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा, अभियानमा यस्ता छन् सातवटा कार्यक्रम

  काठमाडौं ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारसँग सम्बन्धित

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो

तनहुँ । निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइनको

घर बन्न छाडेपछि वैकल्पिक पेसामा तनहुँका मजदुर

तनहुँ । व्यास नगरपालिका–२ का ३४ वर्षीय राजु सेन्चुरीको मुख्य पेशा घरमा रङ्ग