नेपाल इन्भेष्टमेण्ट बैंकले शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको ३३ औ साधारणसभाले सञ्चालक समितिले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ । त्यस्तै साधारणसभाले आर्थिक वर्ष २०७५/०७६ को संचित मुनाफाबाट शेयर पूँजीको १० दशमलव ५ प्रतिशत बोनस शेयर र ८ दशमलव ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ ।

बोनस पारित भएसँगै बैंकको चुक्तापूँजी १४ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वित्तीय विवरण अनुसार असार मसान्त सम्म कुल निक्षेप ८ दशमलव ४५ प्रतिशतले बढेर १ खर्ब ५२ अर्ब पुगेको छ भने कर्जा लगानी ५ दशमलव २३ प्रतिशतले बढेर १ खर्ब २७ अर्ब पुगेको छ ।

त्यस्तै बैंकको खराब कर्जा अनुपात २ दशमलव ७८ प्रतिशत रहेको छ । बैंकले ८२ वटा शाखा कार्यालय, १६ वटा एक्टेन्सन काउन्टर, १० वटा राजश्व संकलन काउन्टर, ५७ वटा शाखारहित बैंकिङ सुविधा र १२४ वटा एटिएम काउन्टर मार्फत बैंकिङ सेवा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाडौँ । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन्

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ ।  सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उकालो

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत