कर कार्यालयका कर्मचारीहरुले राम्रो व्यवहार नगरेको व्यवसायीको गुनासो



काठमाडौं । कर तिर्ने व्यवसायीहरुलाई कर कार्यालयका कर्मचारीहरुले राम्रो व्यवहार नगरेको व्यवसायीहरुले गुनासो गरेका छन् । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल आवद्ध व्यवसायीहरुले आइतबार आन्तरिक राजश्व विभागका अधिकारीहरुलाई भेट गरी आफूहरुमाथि कर्मचारीहरुले राम्रो व्यवहार नगरेको बताएका हुन् ।

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले कानून बनाएर व्यववसायीलाई कडाई गर्ने तर कर कार्यालयले आफ्नो व्यवहारमा सुधार नगरेको बताए ।

त्यस्तै आन्तरिक राजश्व विभागले अनुगमनका क्रममा सबै विषयमाथि राम्रोसँग अध्ययन नगरी विषयहरु सार्वजनिक गरेकाले व्यवसायीको बदनाम हुने गरेको समेत बताए ।

अध्यक्ष दुलालले खुला बजार अर्थतन्त्रमा सरकारले वस्तुको मूल्य निर्धारण गर्ने नीति लिन नहुने बताए । उनले बजारले आफै निर्धारण गर्नुपर्ने वस्तुको मूल्य निर्धारण सरकारले गरेकोले व्यवसायीक स्वतन्त्रता नरहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ऋणको जमानतदातालाई कालोसूचीमा राख्ने म्याद ९० दिन

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले ऋणको जमानत बस्ने व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्नका

कोशी प्रदेश सरकारको बजेट पारित

विराटनगर । कोशी प्रदेश सरकारको बजेट बुधबार बसेको प्रदेशसभा बैठकबाट सर्वसम्मतिले पारित भएको

सामानको अग्रिम अनलाइन भुक्तानी गर्दा सचेत हुन प्रहरीको अनुरोध

  काठमाडौँ । नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई

टिकटक बन्द गरे/नगरेकोबारे २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

  काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ