नेपाल बैंकका शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश



काठमाडौं । नेपाल बैंकका शेयरधनीहरुले २३ वर्षपछि लाभांश पाएका छन् । नेपाल बैंकको शुक्रबार बसेको ६० औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव अनुमोदन गरेको हो ।

बोनस शेयर पारित भएसँगै नेपाल बैंकाको चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार २ सय रुपैयाँ पुगेको छ । साधारण सभामा शेयरधनीहरुले बैंकको खराब कर्जा अझै बढी रहेको बताउँदै त्यसलाई घटाउनु ध्यान दिन सुझाव दिएका थिए ।

बैंकका अध्यक्ष बासुदेव अधिकारीले शेयरधनीहरुको प्रश्नको जवाफ दिदै खराब कर्जा घटाउन प्रयत्न गरिरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय माताहतका संस्थालाई सबल बनाउनुपर्छ’

पाटन (ललितपुर)। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आफ्नो मन्त्रालय मातहतमा

महसुल नबुझाउने उद्योगको लाइन नकाट्न प्राधिकरणलाई विद्युत नियमन आयोगको निर्देशन

काठमाडौं । विद्युत नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल उठाउन उद्योगहरुमा

११ खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा

काठमाडौँ । चालु आर्थिक २०८१/८२ को माघ मसान्तसम्म मुलुकले कुल ११ खर्ब १५

चापाकोटमा चार सय रोपनीमा सामूहिक आलुखेती

स्याङ्जा । स्याङ्जाको चापाकोटका विभिन्न स्थानमा सामूहिक आलुखेती गरिएको छ । चापाकोट नगरपालिकाको