कर्जामा कडाई गरेसँगै गाडीको विक्री घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा र हायर पर्चेज कर्जामा कडाई गरेसँगै सवारी साधनको व्यापार घटेको छ । राष्ट्र बैंकले पुस पहिलो साता ऋणीले लिने कर्जाको भुक्तानी कर तिरेको आम्दानीको ५० प्रतिशत भन्दा बढी नहुने गरी व्यवस्था गर्न बैंकहरुलाई निर्देशन दिएको थियो ।
त्यसको असर सवारीसाधन क्षेत्रमा देखिएको छ । पछिल्लो केही दिन यता सवारीसाधनको विक्री २० प्रतिशतले घटेको नाडा अटोमोबाईल्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए ।
उनले पछिल्लो समय नाडा अटो शोमा बुकिङ भएका सवारी साधन डेलिभरी गर्न समेत नसकिएको बताए । उनले नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनले अटोमोबाइल क्षेत्रमा सुस्तता आएको बताए ।